Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा १२ जनालाई डेंगु, एकजनाकाे मृत्यु

सुदूरपश्चिममा १२ जनालाई डेंगु, एकजनाकाे मृत्यु

डाेटी : सुदूरपश्चिम प्रदेशमा १२ जना जनालाई डेंगु संक्रमण भएको छ। डेंगु अहिले सुदूरपश्चिमका चार जिल्लामा देखापरेकाकाे सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ।

सबैभन्दा बढी दार्चुलामा पाँच बिरामी भेटिएका छन्। कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको संक्रमण  देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ।

डेंगुका कारणडोटीमा एक जनाको मृत्यु भइसकेको छ। भदौ ५ गते दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीकोे मृत्यु भएको थियो। जिल्लामा डेंगु रोग देखापरेका बिरामीलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीले जानकारी दिए।

डोटीलगायत अन्य जिल्लामा डेंगुका बिरामी फेला पर्न थालेपछि अहिले यहाँका स्थानीयवासीमा त्रास फैलिएको छ। रोग नियन्त्रणका लागि जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरस्तरीय अभियान सञ्चालन गरेको छ।

बिहान र साँझको अस्ताउँदो घाममा डेंगु फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार