गर्भवतीकाे उद्धार, हेलिकाेप्टरमै जन्मियाे बच्चा
जाजरकोट : सुत्केरी हुन नसकेर समस्यामा परेकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ।
तोकिएको मितिभन्दा सात दिन म्याद नाघ्दासम्म सुत्केरी हुन नसकेपछि कुशे गाउँपालिका–१ धाउनीकी २५ वर्षीय संगीता सिंह (शाही) लाई हेलिकोप्टरमा राखेलगत्तै छोरा जन्मिएकाे हाे।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोगमा हेलिकाेप्टरबाट उद्धार गरिएको वडा नं. १ का अध्यक्ष गोपाल नेपालीले बताए।
भदौ १६ गते सुत्केरी हुने व्यथा लागेपछि टालेगाउँ स्वास्थ्य चौकीमा लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि परिवारका सदस्यले भदौ १७ गते पजारु स्वास्थ्य चौकीमा लगेका थिए। त्यहाँ पनि उपचार सम्भव नभएपछि आज गाउँपालिका–१ गोर्जाचौरमा बोकेर ल्याई हेलिकाेप्टरमार्फत सुर्खेत पठाउने तयारी हुँदाहुँदै बच्चा जन्मिएको हो।
आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाका अनुसार सङ्गीतालाई अत्यधिक रक्तश्राव भइरहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?