Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु संक्रमणले सिन्धुपाल्चोकमा एकजनाको मृत्यु

डेंगु संक्रमणले सिन्धुपाल्चोकमा एकजनाको मृत्यु

सिन्धुपाल्चोक : डेंगु संक्रमणले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। इन्द्रावती–१२ भीमटारका ६५ वर्षीय रामबहादुर दनुवारको मृत्यु भएको हो।

ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। धुलिखेलले डेंगु भएको भन्दै उनलाई काठमाडौं लैजान सुझाव दिएको थियो।

राजधानीको बानेश्वरस्थित भेनस अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो। अस्पतालले डेंगु संक्रमणका कारण दनुवारको मृत्यु भएको प्रमाणित गरेको इन्द्रावती गाउँपालिका–१२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए।

गाउँवासीमा डेङ्गुको थप सङ्क्रमण हुन सक्ने र रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरेको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार