डेंगु संक्रमणले सिन्धुपाल्चोकमा एकजनाको मृत्यु
सिन्धुपाल्चोक : डेंगु संक्रमणले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। इन्द्रावती–१२ भीमटारका ६५ वर्षीय रामबहादुर दनुवारको मृत्यु भएको हो।
ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। धुलिखेलले डेंगु भएको भन्दै उनलाई काठमाडौं लैजान सुझाव दिएको थियो।
राजधानीको बानेश्वरस्थित भेनस अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो। अस्पतालले डेंगु संक्रमणका कारण दनुवारको मृत्यु भएको प्रमाणित गरेको इन्द्रावती गाउँपालिका–१२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए।
गाउँवासीमा डेङ्गुको थप सङ्क्रमण हुन सक्ने र रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरेको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?