Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल रेडक्रसले मनायाे ५७औँ स्थापना दिवस

नेपाल रेडक्रसले मनायाे ५७औँ स्थापना दिवस

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले ५७औँ स्थापना दिवस मनाएको छ। देशभरका सातवटै प्रदेश, ७७ वटै जिल्ला शाखा र एक हजार ५०० भन्दा बढी उपशाखा र जुनियर युवा सर्कलहरूले विभिन्न कार्यक्रम गरेकाे सोसाइटीले जनाएकाे छ।

२०२० भाद्र १९ गते नेपाल रेडक्रसको स्थापना भएको हो। एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीले बर्सेनि औसत २५ लाख मानिसलाई सेवा पुर्याउँदै आएको रेडक्रसको दाबी छ। उसका जुनियर युवा लगायत १० लाख सदस्य छन्।

स्थापना दिवसको अवसरमा अध्यक्ष सञ्जीव थापाले कानुनी आधार सुदृढीकरण गर्दै संस्थाका सबै निकायमा जनशक्ति, बन्दोबस्ती र व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी सेवा प्रवाह थप प्रभावकारी बनाउन ध्यान केन्द्रति गर्ने प्रतिबद्धता जनाए।

महामन्त्री देवरत्न धाख्वाले रेडक्रसको दृश्यात्मकता र छविलाई सबै तहमा अभिवृद्धि गर्ने, आन्तरिक स्रोतपरिचालनलाई बढावा दिई संस्थागत दिगोपना सुनिश्चित गर्ने काममा सबैको सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार