नेपाल रेडक्रसले मनायाे ५७औँ स्थापना दिवस
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले ५७औँ स्थापना दिवस मनाएको छ। देशभरका सातवटै प्रदेश, ७७ वटै जिल्ला शाखा र एक हजार ५०० भन्दा बढी उपशाखा र जुनियर युवा सर्कलहरूले विभिन्न कार्यक्रम गरेकाे सोसाइटीले जनाएकाे छ।
२०२० भाद्र १९ गते नेपाल रेडक्रसको स्थापना भएको हो। एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीले बर्सेनि औसत २५ लाख मानिसलाई सेवा पुर्याउँदै आएको रेडक्रसको दाबी छ। उसका जुनियर युवा लगायत १० लाख सदस्य छन्।
स्थापना दिवसको अवसरमा अध्यक्ष सञ्जीव थापाले कानुनी आधार सुदृढीकरण गर्दै संस्थाका सबै निकायमा जनशक्ति, बन्दोबस्ती र व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी सेवा प्रवाह थप प्रभावकारी बनाउन ध्यान केन्द्रति गर्ने प्रतिबद्धता जनाए।
महामन्त्री देवरत्न धाख्वाले रेडक्रसको दृश्यात्मकता र छविलाई सबै तहमा अभिवृद्धि गर्ने, आन्तरिक स्रोतपरिचालनलाई बढावा दिई संस्थागत दिगोपना सुनिश्चित गर्ने काममा सबैको सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित