हेटौँडा अस्पतालमा प्रदेश मन्त्रीको अनुगमन
हेटौँडा : प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले हेटौंडा अस्पतालको छ्ड्के अनुगमन गरेका छन्। अनुगमनका क्रममा अस्पतालमा बिरामीले पाउने स्वास्थ्य सेवा र समस्याका विषयमा बिरामी र कुरुवासँग छलफल गरे।
एक घण्टा अस्पतालको निरीक्षण गरेका उनले पहिलेको तुलनामा अस्पतालमा निकै सुधार आएको बताए। अस्पताल पुगेर मन्त्री दुलालले आकस्मिक कक्ष, ओपीडी सेवा, भर्ना भएका बिरामी, अप्रेसन कक्षकाे निरीक्षण गरेका थिए।
बिरामी र बिरामीका कुरुवाहरूले प्रदेशको राजधानीमा रहेको अस्पताल अझै सुध्रिनुपर्ने बताएका थिए। उनीहरूले डाक्टरको बोल्ने शैलीबारे पनि मन्त्री दुलालसँग गुनासो गरेका थिए। मन्त्री दुलालले अस्पताल हाता भित्र र बाहिर सरसफाइमा अझै ध्यान नदिएको भन्दै सुधार गर्न निर्देशन दिएका छन्।
अनुगमनका क्रममा हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, हेटौँडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो।
डेंगु तथा भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा अत्यधिक बढेपछि सेवा पाउन समस्या भइरहेको गुनासो बिरामी तथा कुरुवाबाट आएपछि मन्त्री दुलालले अस्पतालको निरीक्षण गरेका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?