कर्णाली अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ‘अक्सिजन प्लान्ट’ सञ्चालन गरिएको छ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बुधबार प्लान्टको उद्घाटन गरे। उनले प्रतिष्ठानले निर्माण गरेको अक्सिजनले यहाँको नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।
प्रतिष्ठान पहल समितिका संयोजकसमेत रहेका मन्त्री भण्डारीले अक्सिजन प्लान्टसँगै थुप्रै सेवामा आत्मनिर्भर भएको बताए। हिमाली जिल्लाममा निकै कष्टका साथ स्थापना भएको विश्वविद्यालयस्तरको प्रतिष्ठानले देश–विदेशमा चिकित्सा शिक्षा पढाएर चिकित्सक उत्पादन गर्ने केन्द्रका रूपमा स्थापित हुने उनको दाबी छ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बिरामीको प्रत्येक शय्यामा अक्सिजन जडान गरिएको बताए। ‘एकातिर अस्पतालमा आवश्यक अक्सिजन उत्पादन हुने र अर्कोतिर उत्पादनको मात्रा बढाएर कर्णालीका अन्य जिल्लामा आपूर्ति गरिनेछ’, उनले भने ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त