स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई ‘हेल्थ अवार्ड’
काठमाडौं: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिदै आएको हेल्थ अवार्ड २०७६ बाट यसबर्ष ९ जना सम्मानित भएका छन् । विभिन्न ८ विधामा प्रदान गरिएको अवार्डबाट ९ जना सम्मानित भएका हुन्।
स्वास्थ्य खबरपत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसर पारी हेल्थ अवार्ड समारोह आयोजना गरेको हो ।
समारोहमा यस वर्ष उत्कृष्ट डाक्टरको अवार्ड गुल्मी अस्पताल तम्घासमा कार्यरत डा उत्तम पच्यालाई दिइएको छ। यसैगरी उत्कृष्ट नर्स बाराको गञ्जभवानीपुर प्राथमिक स्वास्थ्य केन्द्रको नर्सिङ विभागकी प्रमुख निर्मला पण्डितलाई प्रदान गरियो ।
त्यसैगरी स्वास्थ्य स्वयंसेविकामा डडेल्धुराकी ६८ वर्षीया कलुदेवी खड्कालाई हेल्थ अवार्डबाट सम्मान गरिएको छ। उत्कृष्ट पारामेडिक्सको अवार्ड भने बोङ्गादोभान स्वास्थ्य चौकी बाग्लुङका अहेब राजनकुमार थापालाई दिइएको छ।
हेल्थ अवार्ड २०७६ मा उत्कृष्ट जनस्वास्थ्यकर्मी जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका वरिष्ठ स्वास्थ्य शिक्षा प्राविधिक वसन्तमान श्रेष्ठलाई प्रदान गरिएको छ ।
संस्थागततर्फ उत्कृष्ट अस्पतालको अवार्ड उदयपुरको कटारी अस्पतालले प्राप्त गरेको छ भने उत्कृष्ट सामाजिक संस्थाको अवार्ड भने यसबर्ष नेपाल नेत्रज्योती संघलाई प्रदान गरियो ।
यसवर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट डा भिष्म प्रसाई र डा हेमाङ्गमणि दीक्षित सम्मानित भए ।
कार्यक्रममा उत्कृष्ट हुनेलाई शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले अवार्ड प्रदान गरेका थिए ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त