पाेखरामा डेंगु फैलाउने ‘टाइगर मस्क्युटो’
पोखरा : पोखरामा डेंगुको संक्रमण नियन्त्रण भन्दा बाहिर छ। पोखरामा डेंंगु फैलाउन सक्रिय लामखुट्टे एजिप्ट एजिप्टआईको दुवै प्रजाति सक्रिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सामान्यतया अरु लामखुट्टे एकपटक टोकेर रगत चुसेपछि अरुलाई टोक्दै हिँड्दैनन्।डेंगु सार्ने एडिस एजिप्टआई लामखुट्टे पोखरामा सक्रिय छ। यसलाई यहाँ ‘टाइगर मस्क्युटो’ नाम दिइएको छ। यो लामखुट्टेले बाघले जस्तै झम्टेर टोक्ने र एउटालाई टोकेपछि अरूलाई पनि टोक्ने गर्छ।
मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारीका अनुसार गण्डकी प्रदेशको ११ जिल्ला मध्ये मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा यसको संक्रमण रहेको आशंका गरिएको छ। गण्डकी प्रदेशको कास्की, स्याङ्जा, नवलपरासीमा यसको संक्रमण भएका बिरामी भेटिएका छन्। कास्की सबैभन्दा जोखिममा छ।
कास्कीमा डेंगुको संक्रम हुनेहरूको संख्या ५०० नाघेकाेछ। कास्कीका १७ जना ट्राफिक प्रहरीलाई यसको संक्रमण भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त