प्रधानमन्त्री ओलीको उपचार आज पूरा हुँदै
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया बुधबार सकिँदै छ। सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीकाे मिर्गौलासम्बन्धी एन्टीबडी बुधबार सातौँपटक ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट निकालिँदैछ।
योसँगै उपचार प्रक्रिया पूरा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ समेत बताइएको छ। प्रधानमन्त्री भदौ ५ गते दोस्रो चरणको उपचारका लागि सिंगापुर गएका थिए।
मृगौलासम्बन्धी एण्डीबडीको मात्रा केही बढी देखिएपछि उनी दोस्रो चरणको उपचारका लागि सिंगापुर गएका थिए। उपचार सकेर ओली शुक्रबार नेपाल फर्किने बताइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण