एक चौथाइ कैदीबन्दी बिरामी
महाेत्तरी : भाइरल ज्वरोले जलेश्वर कारागारका कैदीबन्दीसमेत पीडित भएका छन् । चार बालबालिकासहित ५०४ कैदीबन्दी रहेको कारागारका करिब एकचौथाइमा भाइरल ज्वरो देखिएको छ।
भाइरल ज्वरोका कारण दैनिक २० देखि २५ लाई अस्पताल पु-याइरहेकाे जलेश्वर कारागारका निमित्त प्रमुख मकसुदन महासेठले जानकारी दिए।
कैदीबन्दीमा भाइरल ज्वरोसँगै आँखाको समस्यासमेत देखिएकाले नेपाल रेडक्रस सोसाइटी र जलेश्वर अस्पताललाई शिविर सञ्चालनका लागि पत्र लेखेको निमित्त प्रमुख महासेठले जानकारी दिए। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले भाइरल ज्वरो बढिरहेको उनकाे भनाइ छ।’
जलेश्वर कारागारमा मात्र नभई महोत्तरीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ। जलेश्वर अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको चाप बढेको छ।
जलेश्वर अस्पतालमा आउनेमध्ये करिब आधाभन्दा बढी भाइरल ज्वरो र झाडापखालाका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?