Health TV Online
Health TV Online
Health TV Online

डेंगु नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम

डेंगु नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम

भक्तपुर : सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेंगु रोकथामका लागि प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रम गरेको छ।

नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेंगु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको हाे।

नगर प्रमुख वसुदेव थापाले डेंगु नियन्त्रणका लागि प्रयास जारी रहेकाले नगरपालिकाले प्रत्येक वडामा प्रतीकात्मक कार्य सञ्चालन गरेको बताए। डेंगु नियन्त्रणका लागि नगरले सबै खालका प्रयास र प्रयत्न गर्ने भन्दै प्रमुख थापाले प्रत्येक वडाले आफ्नो वडाभित्र निरन्तर माइकिङ गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र डेंगु नियन्त्रणबारे नगरवासीलाई सचेत गराउने जानकारी दिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको टोलीले डेंगु रोग नियन्त्रणका लागि संयुक्त पहल थाल्ने बताए।

नगरपालिका स्वास्थ्य एकाइ संयोजक वसन्त चापागाईँले डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्यचौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म यसबारे जनचेतना अभियान चलाएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार