स्याङ्जामा पहिलो पटक एपेन्डिसाइटिस शल्यक्रिया
स्याङ्जा : जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। पुतलीबजार नगरपालिका ५, नयाँबजारकी २६ वर्षीया माया रोकाको एपेन्डेक्टोमी शल्यक्रिया गरिएको हो।
सोमबार राति इमर्जेन्सीमा आएकी रोकाको मंगलबार बिहान शल्यक्रिया भएको हो। सर्जन डा. नारायणबहादुर गोदार, मेडिकल अधिकृत डा. निरज पौडेल, डा. प्रतीक शर्मा गैह्रे र नर्स अप्सरा भण्डारीको टोलीले रोकाको शल्यक्रिया गरेको हो। बिरामीको अवस्था अहिले सामान्य छ।
याे शल्यक्रिया स्याङ्जामै पहिलाेपटक भएकाे डा. पाैडेलकाे दाबी छ। उनका अनुसार गर्भवतीको शल्यक्रिया, हर्निया, हाइड्रोसिल लगायत शल्यक्रिया भने यसअघिदेखि भइरहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?