आयुर्वेद उपचारमा बढ्याे आकर्षण
विराटनगर : मोरङमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिमा आकर्षण बढेको छ। एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ।
जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएका थिए। यसमा नयाँ बिरामीको संख्या दुई हजार ९६६ छ। क्षयरोग, छारसूत्र, पञ्चकर्म, फिस्टुला र पाइल्स, हर्नियाका बिरामी, सुत्केरी र ज्येष्ठ नागरिकलाई विशेष सेवा प्रदान गर्दै आएको सो अस्पतालमा पछिल्लो चरणमा होमियोपेथिक उपचार पनि शुरु गरेकाे चिकित्सक अनिलकुमार यादवले जानकारी दिए।
केही समयपछि फिजोयोथेरापी, ल्याब सेवासमेत सञ्चालनमा आउने सो अस्पतालमा बिरामीको चाप बढ्न थालेको यादवले बताए। अहिले विराटनगर महानगरपालिकाले पनि एक वैद्यको सुविधा प्रदान गरेको छ। यसबाट अस्पताललाई सेवा प्रदान गर्न सजिलो भएको चिकित्सक उनको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण