डेंगुको प्रकाेप : निःशुल्क उपचार गर्न शुक्रराज अस्पताललाई सरकारको निर्देशन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेंगु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ ।
पछिल्लो समय काठमाडौंलगायत देशभर डेंगुकाे प्रकोप देखिएपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने अस्पताललाई मन्त्रालयले मंगलबार यस्तो निर्देशन दिएको हो। अस्पतालका अनुसार अहिले अस्पतालमा २४ बिरामी उपचारत छन्।
स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अस्पतालको आज निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र यहाँ आएका बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिए।
उनले डेंगु रोगलगायत अन्य रोगका उपचाररत बिरामीलाई भेट गरी सेवाका बारेमा जानकारीसमेत लिएका थिए। अस्पतालमा मंगलबार मात्र ५२२ जनाले डेंगु रोगका बारेमा परीक्षण गराएको निर्देशक चिकित्सक वासुदेव पाण्डेले बताए। रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेंगु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ।
‘अस्पतालले मंगलबार छुट्टै ‘फिबर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ’ पाण्डेले भने, ‘यो क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेका छौँ।’
स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक सुशीलनाथ प्याकुरेलले डेंगु रोग नियन्त्रण गर्न उपचारात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त