सरकारी अस्पताल : कतै जनशक्ति अभाव, कतै उपकरण
सिरहा : जिल्लाका सरकारी अस्पतालमा जनशक्ति र उपकरण नहुँदा बिरामी मारमा परेका छन्। ग्रामीण स्वास्थ्य चौकीमा सामान्य पूर्वाधार पनि छैन। पूर्वाधार भएका शहरी अस्पतालमा कहीँ जनशक्ति छैन भने कहीँ उपकरण छैन।
ग्रामीण क्षेत्रका धेरैजसो बिरामी स्वास्थ्य चौकीबाट शहरका अस्पतालमा ‘रेफर’ गरिन्छन्। तर शहर क्षेत्रमा पूर्वाधार भएका अस्पतालमा पनि जनशक्ति र उपकरण नहुँदा बिरामीले उपचार पाउँदैनन्।
कतिपय अस्पतालमा उपकरण छन् तर जनशक्ति छैन। पूर्वाधार पर्याप्त भएकामा विशेषज्ञ चिकित्सक छैनन्। प्रायः अस्पतालमा निःशुल्क पाइने औषधी पनि अभाव छ। सरकारी अस्पतालमा उपचार नपाएपछि बिरामी भने महँगोमा निजीमा उपचार गराउन बाध्य छन्। यहाँका स्थानीयलाई उपचारकै लागि विराटनगर, धरानका साथै भारतको नयाँदिल्ली, दरभंगा र पटनासम्म पुग्नपर्ने बाध्यता छ।
निजी अस्पतालमा उपचार गराउँदा बिरामीलले अत्यधिक शुल्क तिर्नुपर्छ। निजी अस्पतालमा प्रसूति गराउँदा समेत निकै महँगो पर्छ।
जिल्ला अस्पतालकै याे गति
जिल्ला अस्पताल सिरहामा १४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ। ५० शय्याको अस्पतालका सबै दरबन्दी रिक्त छन्। काजमा एक ‘कन्सलटेन्ट सर्जन’ छन्। उनले मेडिकल सुपरिडेन्टेन्टको जिम्मेवारी पनि पाएका छन्। बाँकी दरबन्दी खाली छन्। ११ औँ तहको मेडिकल सुपरिडेन्टेन्टको दरबन्दी पूर्ति नहुँदा मुनिकाले जिम्मेवारी पाएका छन्।
जिल्ला अस्पताल सिरहामा यो वर्ष औषधि पनि आएको छैन।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित