डाेल्पाका लागि किनिएकाे एम्बुलेन्स सुर्खेतमै थन्कियाे
डाेल्पा : जिल्ला अस्पताल डोल्पाले किनेको एम्बुलेन्स सुर्खेतमै थन्किएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले खरिद गरेको उक्त एम्बुलेन्स ढुवानी भाडा नभएकाे कारण देखाउँदै सुर्खेतमै थन्काइएको हो।
एम्बुलेन्स खरिदका लागि मन्त्रलायले १५ लाख रुपैयाँ छुट्याएको थियो। एम्बुलेन्स १२ लाख रुपैयाँमा खरिद गरिएको थियाे। बाँकी तीन लाख रूपैयाँ फ्रिज भएपछि भाडा अभाव भएकाे हाे।
डोल्पासम्म ढुवानी रकम जुटाउनका लागि मन्त्रालयमा पहल गरेकाे जिल्ला अस्पताल डोल्पाका प्रमुख सिजन रावलले बताए । भाडाको समाधान हुनेबित्तकै एम्बुलेन्स डोल्पा लैजाने उनकाे भनाइ छ।
तस्विर ः प्रतीकात्मक





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?