अझै नियन्त्रणमा आएन धरानमा डेंगु
सुनसरी : तीन महिना अघिदेखि धरानमा फैलिएको डेंगु रोगको प्रकोप अझै नियन्त्रणमा आएको छैन।
तीनै तहका सरकारले धरानमा प्रकोपका रूपमा फैलिएको डेंगु रोग नियन्त्रणमा चासो नदेखाएपछि समस्या थप बल्झिएको छ। तथ्यांकअनुसार धरानमा आठ हजारभन्दा बढी मानिसमा डेंगु संक्रमण देखा परेको छ। संक्रमित धेरैजसो उपचार पश्चात घर फर्किए पनी धरानमा दैनिक ३० जनाभन्दा बढीमा डेंगु रोगको संक्रमण देखापर्ने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानमा जेठ पहिलो सातादेखि चार हजार एक सय ३९ जना डेंगु संक्रमितको उपचार गरिएको प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले बताए। यस्तै एक हजार एक सय एक जना डेंगु बिरामीको उपचार गरेको विजयपुर हस्पिटलले जनाएको छ।
यहाँका वीरेन्द्र मेडिकल, श्रेष्ठ मेडिकल, मञ्जुश्री पोलिक्लिनक, धरान इमेजिङ, सन मेडिसिन र एनपी मेडिकललगायत निजी स्वास्थ्य संस्थामा तीन हजारभन्दा बढी बिरामीले उपचार गरेका छन्।
डेंगु संक्रमणको असर पर्यटन व्यवसायमा समेत देखिएको छ। डेंगु रोगको प्रकोप फैलिएपछि धरानमा पर्यटकको आगमन घटेको छ। डेंगुकै कारण बाहिय पर्यटक आउन छाडेका छन्। पर्यटकको आवागमनसमेत ठप्प भएका कारण धरानको होटल व्यवसाय संकटमा परेको होटल सञ्चालकहरूको गुनासोे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण