कुष्ठरोगबाट पीडितलाई साइकल
महोत्तरी : मटिहानी नगरपालिकाले नगर क्षेत्रमा बसेबास गर्ने कुष्ठरोगबाट पीडित २२ जनालाई साइकल वितरण गरेका छ।
हिँलडुल गर्न समस्या भएका कुष्ठरोगीलाई सहज रूपमा दैनिक कामकाज गर्न सहयोग पुरर्याउने उद्देश्यले मटिहानी मटिहानी, मझैरा विसनपुर, धरापुर र सिमरदहीमा बसोबास गर्ने २२ कुष्ठरोगीलाई साइकल वितरण गरिएको हो।
मटिहानीमा कार्यक्रम गरी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले उनीहरूलाई साइकल वितरण गरे। साइकल पाएपछि आफूहरूलाइ दैनिक कामकाजमा ठूलो सहयोग पुग्ने कुष्ठ रोगबाट प्रभावितहरूले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण