Health TV Online
Health TV Online
Health TV Online

आँखा अस्पतालमा सेवाग्राहीको चाप

आँखा अस्पतालमा सेवाग्राहीको चाप

पाल्पा : स्वास्थ्य बिमा कार्यक्रम लागु भएपछि रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढ्न थालेका छन्। बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महिनादेखि स्वास्थ्य बिमा सेवा शुरु भएपछि बिरामीको संख्या बढेको पाइएको हो।

दैनिक २०\२२ जना आँखा उपचारका लागि आउने गरेकामा बिमा कार्यक्रमपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताए।

‘बिमाको सुविधा दिन थालेपछि बिरामी तेब्बरले बढीरहेका छन्, पहिले नै सो कार्यक्रम शुरु गर्ने भनिए पनि विभिन्न प्रक्रिया मिलाउनु पर्दा ढिलो भयो तर अहिले कार्यक्रम शुरु गर्यौँ”, अध्यक्ष पोखरेलले भने। बिमा कार्यक्रमले गरिब, विपन्न परिवारलाई उपचारमा ठूलो राहत पुगेको रामपुर नगरपालिका–५ बस्ने सीतादेवी लम्सालले बताइन्।

नेपाल सरकारले बीमामा तोकेबमोजिमका सबै सेवा बिरामीलाई दिइएको छ। गत वैशाख २० गतेबाट बिमा कार्यक्रम शुरुआत गरिएको हो । सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ।

अस्पतालले हरेक महिना गर्ने आँखाको शल्यक्रियासम्बन्धी बृहत् शिविरमा पनि बिमा गरेपछि सेवा लिने बढेका छन्। शिविरमा बढीमा सयको हाराहारीमा बिरामी आउने गरेकोमा अहिले ३०० को हाराहारीमा बिरामी आँखा जाँच तथा शल्यक्रियाका लागि आउने गरेको केन्द्रले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार