Health TV Online
Health TV Online
Health TV Online

‘डेंगु किट अभाव हुन दिँदैनौँ’

‘डेंगु किट अभाव हुन दिँदैनौँ’

चितवन : भरतपुर महानगरपालिकाले डेंगु परीक्षणका लागि सरकारी अस्पतालमा किट अभाव हुन नदिने जनाएको छ। तर भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किट अभावमा परीक्षण रोकिएको छ।

महानगरप्रमुख रेणु दाहालले डेंगु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराउने बताइन्। भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो।

त्यसलगत्तै महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई पत्राचार गर्दै तत्काल एक हजार र केही दिनमा नै थप चार हजार किट उपलब्ध गराइदिन आग्रह गरेको महानगरको सामाजिक विकास महाशाखाका प्रमुख प्रद्युम्न उपाध्यायले जानकारी दिए।

महानगरप्रमुख दाहालले किटको व्यवस्थापन गरिदिन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग समेत कुराकानी गरिसकेको बताइन्।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले किट अभावमा परीक्षण रोकिएको बताए। साेमबार ३०० वटा किट टेकुबाट आउने भए पनि त्यसले दुई दिनभन्दा बढी नधान्ने उनले बताए।

जिल्लामा हालसम्म ५३७ जनालाई डेंगु संक्रमण देखिएको छ। डेङ्गु र स्क्रब टाइफसका कारण तीन जनाको मृत्यु भइसकेको छ। जिल्लाको भरतपुर महानगरको शहरी क्षेत्रमा डेंगुको संक्रमण बढिरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार