उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि डेंगु
काठमाडाैं : डेंगुका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत संक्रमण भएको छ।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत सातजना बिरामी परेको सरुवारोग अस्पतालले जनाएको छ ।
संक्रमित सबै ओपिडी र इमर्जेन्सीमा कार्यरत कर्मचारी भएको अस्पतालको भनाइ छ । अस्पतालमै संक्रमित लामखुट्टेले टोक्दा कार्यरत कर्मचारीलाई सरेको हुनसक्ने अनुमान गरिएकाे छ।
शुक्रराज अस्पतालका डा. असीम कँडेल, लालबहादुर वैबा, शारदा दाहाल र रवीन्द्र अर्याल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका फिरोज महर्जन, लक्ष्मी अधिकारी र सीताराम भण्डारीलाई डेंगु लागेको हाे ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?