कवाडीखानाका कारण पाेखरामा डेंगु नियन्त्रण गर्न समस्या
पोखरा : साउनको मध्यमा पहिलोपटक पोखरा ८ शिवालयचोकका एक व्यक्तिमा देखिएको डेंगुको संक्रमण शनिबारसम्म ४६० जनामा फैलिसकेको छ।
पोखरामा तीन वर्षयता डेंगुको प्रकोप देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ मेडिकल अफिसर डा. भोजराज गौतम बताउँछन् । त्यसयता लगातार शिवालयचोकबाट नै डेंगु फैलिने गरेको छ।
शिवालयचोकबाटै डेंगु फैलिनुको मुख्य कारण भने त्यहाँ रहेका कवाडीखाना भएको स्थानीय बासिन्दाको भनाइ छ। संक्रमण फैलिइसकेपछि नियन्त्रण गर्न समस्या परेको स्थितिसम्म पनि कवाडीखाना अन्यत्र सार्न सरकारी प्रयास नभएको उनीहरू बताउँछन्।
एक मिटरमा तीन वटा कवाडीखाना छन्। एउटा कवाडीखानामा अझै पनि ५० भन्दा बढी थोत्रा टायर छन्। कवाडीखाना हटाउन वडा कार्यालयमा निरन्तर लिखित र मौखिक गुनासो गरे पनि सम्बोधन नभएको उनीहरूको गुनासो छ।
पोखरामा डेंगु संक्रमणको जड तिनै कवाडीखाना र अव्यवस्थित बसपार्क देखिएको छ। ती क्षेत्रबाट नै संक्रमण फैलिने र गरेको जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ।
गण्डकी प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि भन्दै २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?