भक्तपुरमा १० जनालाई डेंगु
भक्तपुर : जिल्लाका १० जनामा डेंगु फेला परेको छ। भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १० जनामा डेंगुको संक्रमण फेला परेको मेडिकल सुपरिटेन्डेन्ट डा. रविभूषण सुवालले बताए।
टेकु अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगुको संक्रमण देखिएको थियो। अस्पतालमा किटको व्यवस्था भएपछि चार जनामा डेंगु पुष्टि भएको डा. सुवालले जानकारी दिए।
उनका अनुसार दुई जनाको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ।अन्य आठ जनाको उपचार टेकु अस्पतालमा भइरहेको छ।
डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान चलाइएको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?