तनहुँमा नौ जनालाई डेंगुको संक्रमण
तनहुँ : जिल्लामा नौ जनामा डेंगुको संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको हो।
गत साउन २४ गते एक जनामा डेंगुदेखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेंगका बिरामी नौ जना पुगेका छन्। व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेंगको सङ्क्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ।
गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको शङ्का लागेको १२ को परीक्षण गरिएको अस्पतालका ल्याव असिस्टेन्ट विकास पौडेलले जानकारी दिए। डेंगुका बिरामीमध्ये तीन जनाले दमौली अस्पतालमा भर्ना भएर उपचार गराएका थिए।
अस्पतालका नर्सिङ अधिकृत जमुना शर्माका अनुसार अस्पतालमा उपचार गराएकामध्ये एक जनालाई अस्पतालबाट घर पठाइएको र दुई जनालाई पोखरा स्थानान्तरण गरिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?