कंगोमा इबोला संक्रमण : एक वर्षमा दुई हजार जनाको मृत्यु
डेमोक्रयाटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट एकवर्षमा कम्तीमा पनि दुई हजार जनाको ज्यान गएको बताइएको छ।
कंगोका स्वास्थ्य अधिकारीहरूले गत वर्षको अगष्टदेखि इबोला संक्रमणका कारण कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन्।
उनीहरुका अनुसार उक्त प्रकोपबाट संक्रमितहरूको संख्या तीन हजार जना रहेको थियो। इबोला संक्रमितहरूको संख्या तीन हजार थियो र उनीहरूमध्ये दुई हजारको उपचारका क्रममा ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
बिहीबार कंगोको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा दिइएको जानकारी अनुसार सो संक्रमणबाट दुई हजार छ जनाको ज्यान गएको छ। ती मध्ये एक हजार ९०१ जना उक्त इबोला संक्रमित नै भएको प्रमाणित भएको थियो।
उक्त संक्रमण कंगोको उत्तरी किबु प्रान्तमा सन् २०१८ को अगष्टमा देखा परेको थियो। पछि सो प्रान्त हुँदै कंगोको इतुरी प्रान्तमा सो प्रकोप फैलिएको थियो ।
स्वास्थ्य अधिकारीहरुले उक्त संक्रमणबाट प्रभावित ९०२ जना भने उपचारपछि निको भएको जानकारी दिएका छन्। अस्पतालमा राखी लामो समयसम्म गरिएको उपचारबाट ९०२ जना बिरामी निको भएको उक्त स्वास्थ्य बुलेटिनमा जनाइएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित