म्याग्दीका स्वास्थ्य कार्यालय प्रमुखसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्यसहित कार्यालयका तीन जनाविरुद्ध सेवाग्राहीसँग घुस लिएको भन्दै विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको छ।
आचार्यसहित कार्यालयका स्टोरकिपर रघुनाथ रेग्मी र लेखापाल हरिशंकर शर्माविरुद्ध अख्तियारले शुक्रबार आरोपपत्र दर्ता गरेको हो। अख्तियारले तीनैजनालाई १ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाहीको माग गरेको छ।
अख्तियारले उनीहरुलाई एक लाख तीस हजार घुस वापतको रकम लिइरहेको अवस्थामा आफनो नियन्त्रणमा लिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण