कञ्चनपुरमा भाइरल ज्वराेका बिरामी बढे
कञ्चनपुर : जिल्लाका स्वास्थ्य संस्थामा भाइरल ज्वराेका बिरामीको संख्या बढेको छ। दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आउने गरेकाे भीमदत्तनगरस्थितमहाकाली अञ्चल अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप देखिएको बताए। ‘दैनिक २०० बिरामी यहाँ स्वास्थ्य परीक्षणका लागि आइरहेका छन्’, उनले भने, ‘तीमध्ये आधाजति भाइरलका बिरामी छन्।’
साउनको पहिलो सातादेखि नै अस्पतालमा भाइरलका बिरामीको चाप बढ्दै गएको सूचना अधिकृत अवस्थीले जानकारी दिए।
त्यसैगरी जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीहरुको चाप बढेको छ। भीमदत्तनगरका बजार क्षेत्रका निजी क्लिनिकमा पनि भाइरलका बिरामीको घुइँचो लागेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?