मोदीले शुरु गरे ‘स्वस्थ भारत’ अभियान
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘स्वस्थ भारत’ अभियान आरम्भ गरेका छन्। राजधानी नयाँदिल्ली स्थित इन्दिरा गान्धी रंगशाला परिसरमा बिहीबार उनले अभियानको उद्घाटन गरेका हुन्।
समारोहमा प्रधानमन्त्री मोदीले स्वास्थ्य सम्बन्धी प्रतिबद्धता समेत व्यक्त गरे। राष्ट्रिय खेलकुद दिवसको अवसरमा स्वस्थ भारत अभियानको सुरुवात गरिएको हो ।
स्वस्थ रहनका लागि हरेक दिन खेलकुदसम्बन्धी गतिविधिमा संलग्न गराउन प्रेरित गर्ने उद्देश्यले अभियानको शुभारम्भ गरिएको अधिकारीहरूले बताएका छन्। अभियान शुभारम्भ गर्नु अघि विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रस्तुति देखाएका थिए।
देशभरीका सबै शैक्षिक संस्थाहरूले तन्दुरुस्ती र स्वास्थ्यसम्बन्धी गतिविधि तथा खेलकुद तालिकाबद्ध तरिकाले गर्नेगरी तयारी गरेको बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?