Health TV Online
Health TV Online
Health TV Online

जलवायु परिवर्तनका कारण नयाँ रोग थपिँदै

जलवायु परिवर्तनका कारण नयाँ रोग थपिँदै

काठमाडौं : जलवायु परिवर्तनका कारण नयाँ नयाँ रोगको भार थपिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। विगत केही वर्षमा जलवायु परिवर्तनकै कारण २० भन्दा बढी नयाँ रोग थपिएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन्।

बिहिबार राजधानीमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको जलवायु परिवर्तनले निम्त्याउने स्वास्थ्य समस्याकाबारेको परियोजना छलफल कार्यक्रममा उनीहले अब यसमा काम गर्ने बेला आएकाे बताएका छन्।

छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जलवायु परिवर्तन स्वास्थ्यमा ठुलो समस्या बनेर आएको बताए । उनले भने, ‘नामै नसुनेका रोगहरु धमाधम देखा परिरहेका छन्। यसैगरी उन्मूलनका लागि तयारीमा रहेका रोगहरु पनि यसकै कारण गर्न सकिएको छैन्। पानी नपर्ने सिजनमा पानी परिहेको छ जुन बेला चाहिन्छ  पर्दैन,तराइमा मात्र देखिने डेंगु फैलाउने लामखुट्टे पहाड पुगेका छन्। यो सब जलवायु परिवर्तनककै कारण हो, उनले थपे ।’

परियोजना छलफल गर्न आयोजना गरिएको कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा मोहम्मद खुर्सिद अलामले जलवायु परिवर्तन हाम्रो हातमा नरहेको भन्दै यसबाट हुने क्षतिलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताए । यसका लागू विश्व स्वास्थ्य संगठन सहयोग गर्न सधैं तयार रह्काे समेत उनले जिकीर गरे ।

विश्व स्वास्थ्य संगठन र यूनडीपीको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालय मन्त्रालयले जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका बारेमा जनचेतना बढाउन एवं यसलाई घटाउन के गर्न सकिन्छ भनेर ३ वर्षे परियोजना शुरु गर्न लागेको छ । याे परियोजनाका लागि नेपालले एक मिलियन अमेरिकी डलर पाएकाे छ ।

कार्यक्रममा जलवायु परिवर्तनका कारण के कस्ता स्वास्थ्य समस्या बढेका छन् भन्ने विषयमा प्रस्तुतीकरण समेत रहेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार