मिर्गाैला राेगपीडित युवकद्वारा सहयाेगकाे याचना
बागलुङ : दुवै मिर्गौला काम नलाग्ने भएका बागलुङ नगरपालिका–१० भकुण्डेका एक युवाले सहयोगको याचना गरेका छन्।
वडाध्यक्ष प्रेमबहादुर थापाका छोरा २८ वर्षीय रविन थापाको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपण गर्नुपर्ने भएकाे हो। अंग प्रत्यारोपणका लागि लाखौँ खर्च हुने भएकाले परिवारका सदस्यले सहयोगको याचना गरेका छन् ।
घरको आर्थिक अवस्थाले उपचार गर्ने सम्भव नभएपछि ‘रविन थापा उपचार सहयोग समिति’ गठन गरेर आर्थिक सङ्कलन अभियान थालिएको संयोजक उमेश सर्बुजाले बताए। थापा दुई महिनादेखि काठमाडौँस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा उपचार गराइरहेका छन्।
उनकाे उपचारका लागि हालसम्म सात लाख रूपैयाँ खर्च भएको र कम्तीमा ३० लाख खर्च लाग्ने भएपछि समितिकाे सहयोगको अभियान थालिएकाे हाे।
श्रीमतीको मिर्गौला प्रत्यारोपण गरेर बचाउन सकिने भएपछि उपचार र प्रत्यारोपण खर्चको खोजीमा लागिएको समितिका सचिव श्याम थापाले जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित