यस्ताे खानपानले हुन सक्छ हृदयाघात
बिहान ठीक समयमा खाजा नखाँदा वा लामो समयसम्म भोकै बस्दा मोटोपनाको समस्या आउँछ। यस्तो गर्दा शरीरमा कोलेस्ट्रोल बन्ने क्रम पनि तीव्र हुन्छ । यसले हृदयाघातको सम्भावना २७ प्रतिशतले बढेर जान्छ।
खाना खानेबित्तिकै गुलियो पदार्थ खाँदा पनि शरीरमा ग्लुकोजको मात्रा तीव्र रूपमा बढ्छ। शरीरमा बोसोको मात्रा बढ्छ। मुटुरोगको सम्भावना बढ्छ।
खानामा अत्यधिक मसला र बढी खुर्सानी प्रयोग भएकाे खानाले रक्तरञ्चारमा असर पुर्याउँछ। हृदयाघातको सम्भावना बढ्छ । बढी चिल्लाेयुक्त खानेकुराले पनि शरीरमा वैकल्पिक बोसो जम्मा हुन्छ। यसले पनि कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र हृदयाघातको सम्भावना पनि बढेर जान्छ।
दैनिक खानामा बोसोयुक्त मासु खाना खानाले पनि शरीरमा फ्याटको मात्रा बढ्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा पनि बढ्ने कारण हृदयाघात हुन सक्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?