डेंगु र स्क्रब टाइफसले तीनजनाको मृत्यु
चितवन : जिल्लामा डेंगु र स्क्रब टाइफसका कारण तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेकाे स्वास्थ्य कार्यालय चितवनले दिएको हाे।
कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी साउनयता डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ। स्क्रब टाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको हो। यस्तै दुवैको सङ्क्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए।
भरतपुर महानगरपालिका–१ गंगाेत्री मार्ग निवासी ७१ वर्षीय पुरुषको डेंगुको कारण मृत्यु भएको छ। यस्तै रौतहटका ३४ वर्षीय पुरुषको स्क्रब टाइफस र भरतपुर महानगरपालिकाको शुक्रनगर निवासी १६ वर्षीय किशोरीको मृत्यु भएको हो। किशोरीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो।
पत्रकार सम्मेलनमा जिल्लामा डेंगुको संक्रमणको प्रकोप देखिएको जानकारी दिइएको थियो। यसैबीच जिल्लामा स्क्रब टाइफसको संक्रमण पनि बढेको देखिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण