जिल्लामा पहिलाेपटक सेनिटरी प्याड एटीएम सेवा
बझाङ : जिल्लाको छविसपाथिभेरा गाउँपालिकाले बान्नीचौर माविमा सेनिटरी प्याड एटीएम सेवा शुरु गरेको छ।
गाउँपालिकाकी उपप्रमुख राधिका जोशीले महिनावारीका वेला धेरै छात्रा विद्यालय नआउने गरेका कारण यस्तो व्यवस्था गरेको जानकारी दिइन्। उनले अब महिनावारी भएका कारणले छात्रा स्कुल क्रम अन्त्य हुने बताइन्।
एटिएमसहितको सेनिटरी प्याड शौचालय जिल्लामै पहिलो हो। ५० छात्रालाई शौचालय एटीएम कार्डसमेत वितरण गरिएको छ। सेनिटरी प्याड निकाल्न एटीएममा लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने उपप्रमुख जोशीले जानकारी दिइन्।
विद्यालयले पनि प्याडका लागि लाग्ने न्यूनतम शुल्क राख्ने बान्नीचौर माविका प्राध्यापक लोकेन्द्र सिंहले जानकारी दिए। विद्यालयले प्याड खरिद गर्न महंगाे हुने भएका कारण प्याड बनाउने तालिमसमेत दिइसकेको बताए। अब गाउँघरमै सेनिटरी प्याड उत्पादन हुने उनकाे भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?