स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. प्याकुरेलको पदावधि थप्न प्रस्ताव
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलको पदावधि थप्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।
डा.प्याकुरेलको पदावधि एक वर्ष थप्न प्रस्ताव गरिएको हो। प्रमुख विशेषज्ञ रहेका १२ औँ तहका डा. प्याकुरेलले ६० वर्षे उमेर हदका कारण आगामी भदौ २२ मा अवकास पाउँदैछन्। स्वास्थ्य मन्त्रालयले विज्ञका रुपमा उनलाई थप एक वर्ष पदावधि थप्ने प्रस्ताव पठाएको हो।
मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा २ अनुसार उनको पदावधि थप गर्न प्रस्ताव गरिएको जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?