प्रधानमन्त्री ओलीको उपचार अर्को साता पूरा हुने
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया अझै एक साता जारी रहने भएको छ ।
सिंगापुरमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।
रिमालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाल सामान्य छ । उपचार जारी रहेका बेला निजी चिकित्सक डा दिव्यासिंह शाह भने बुधवार काठमाडौं फर्किएकी छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?