राेकिएन किशाेरीमै आमा बन्ने क्रम
सुर्खेत : कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन्। तर सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको छैन।
आर्थिक वर्ष ०७४\७५ मा प्रदेश अस्पतालमा सुत्केरी हुनेको संख्या तीन हजार ९९५ थियो। यसमध्ये १८ वर्षमुनि आमा बन्ने किशोरीको सङ्ख्या ५१६ थियो। यो कुल सुत्केरी महिला संख्याको १२ प्रतिशत हो।
आव ०७५\७६ मा उक्त अस्पतालमा चार हजार ४१९ महिला सुत्केरी भए। सो आवमा १८ वर्षमुनि आमा बन्ने किशोरीको संख्या ५१७ थियो। गत आवमा प्रदेश अस्पतालमा सुत्केरी हुने कुल महिलामध्ये ११.६८ प्रतिशत किशोरी रहेको सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए।
उनका अनुसार आव ०७४\७५ मा मृत्यु हुने नवजात शिशुको संख्या २४ थियो। आव ०७५\७६ मा बढेर २८ पुगेको थियो।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि किशोरी अवस्थामा सुत्केरी हुनेको संख्या कम छैन ।
आव ०७४\७५ मा यहाँ कूल सुत्केरी ६७४ सुत्केरी महिलामा १७९ किशोरी रहेको शिक्षण अस्पतालका निर्देशक धर्मराज गोसाईँले राससलाई जानकारी दिए। निर्देशक गोसाईँका अनुसार आव ०७५\७६ मा कुल ६७८ मा १४६ किशोरी आमा बनेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण