बेहोस भएर छात्राको मृत्यु, सातजनाको उपचार हुँदै
पाल्पा : विद्यालय जाँदै गरेकी एक छात्राको बेहोस भएर मृत्यु भएको छ। अन्य सात विद्यार्थी पनि बेहोस भएका छन्।
रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कमला फालको मृत्यु भएको हो। रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी उनी साथीहरूसहित ट्युसन पढ्न विद्यालय जाँदै थिइन्।
उनी विद्यालय नजिकै पुग्दा बिहान ८ बजे बेहोस भएकी थिइन्। उपचारका लागि तानसेन ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।
उनीसँगै बेहोस भएकामध्ये तीनजनाको उपचार तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा भइरहेकाे छ। युनाइटेड मिशन अस्पतालमा दुईजना र ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा दुईजनाको उपचार भइरहेको छ। उनीहरूकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ।
छात्रछात्रा एक्कासी बेहाेस हुनुकाे कारण अझै खुलेकाे छैन।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित