Health TV Online
Health TV Online
Health TV Online

शिक्षक र विद्यार्थीलाई भाइरल ज्वराे, विद्यालय बन्द

शिक्षक र विद्यार्थीलाई भाइरल ज्वराे, विद्यालय बन्द

पर्वत : शिक्षक, विद्यार्थी र कर्मचारी भाइरल ज्वरोबाट प्रभावित भएपछि बिहादी गाउँपालिका–१ बाच्छास्थित जनकल्याण माध्यमिक विद्यालय बन्द गरिएको छ।

विद्यालयका शिक्षक तथा कर्मचारी र विद्यार्थीहरू एकै पटक भाइरलको प्रकोपबाट बिरामी भएपछि प्रकोप नियन्त्रणमा नआएसम्मका लागि विद्यालय बन्द गरिएको निमित्त प्रधानाध्यापक चित्रप्रसाद श्रेष्ठले जानकारी दिए।

ठूलो संख्यामा विद्यार्थीमा भाइरलको संक्रमण देखिएपछि थप विद्यार्थी प्रभावित हुन नदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ। स्थानीय स्वाथ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक तथा अभिभावकहरुको भेलाले गाउँभर संक्रमण फैलिन सक्ने भन्दै विद्यालय बन्द गराएकाे हाे।

मौसमी भाइरलबाट प्रभावित भएकाहरूमा ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने लगायतका समस्या देखिएकाे छ। बिरामीमध्ये केहीकाे स्थानीय स्वास्थ्य चौकीमा, केहीको सदरमुकाम कुश्माका विभिन्न अस्पताल र केहीको पोखरामा उपचार भइरहेको जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार