उपचारका क्रममा थुनुवाकाे मृत्यु
महोत्तरी : जिल्लाको जलेश्वर कारागारमा रहेका एक थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भएका ६७ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको हो।
उनी कर्तव्य ज्यान मुद्दामा २०७४ पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका निमित्त जेलर मकसुदन महासेठले बताए।
थुनुवा ठाकुरको आज बिहान अचानक उच्च रक्तचाप भएर उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएको थियो। उपचारका क्रममा बिहान ८ः४५ बजे उनको मृत्यु भएको हो ।
ठाकुरको शव आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार कार्यालय महोत्तरीले जनाएको छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त