सामुदायिक विद्यालयलाई सेनेटरी प्याड र प्राथमिक उपचार बक्स
संखुवासभा : जिल्लाकाे खाँदबारी नगरपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको छ। खाँदबारी नगरपालिका कार्यालयले ४३ सामुदायिक सेनेटरी प्याडसहितका प्राथमिक उपचार बक्स वितरण गरेको हाे।
नगरभित्रका प्रधानाध्यापकहरूको मासिक बैठकको अवसरमा मंगलबार छात्रालाई सेनेटरी प्याड र प्राथमिक उपचारका सामग्रीसहितको किट बक्स वितरण गरिएको शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरेले जानकारी दिए।
बक्समा सिटामोल, आँखामा लगाउने मलम, बान्ता रोक्ने औषधिसहित सेनेटरी प्याड रहेको छ। नगरपालिका कार्यालयले खरिद गरेको एउटा प्राथमिक उपचार बक्सको मूल्य १० हजार रुपैयाँ परेकाे नगरपालिकाले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण