‘प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सुधारोन्मुख’
काठमाडाैं : सञ्चार तथा सूचनामन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन्।
राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै बाँस्कोटाले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा प्रधानमन्त्री ओलीको उपचार जारी रहेको जानकारी दिए। ओली १० दिनमा स्वस्थ्य भएर फर्किने उनकाे भनाइ छ।
‘प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ। त्यसको बेलाबेलामा नियमित फलोअप हुन्थ्यो। अहिले पनि भइरहेको छ’, उनले भने, ‘प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी गर्यौँ, उहाँको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ। दुई वटा डोज दिइएको छ। सात वटा नै दिनु नपर्ने पनि हुनसक्छ।’
प्लाज्मा फेरेसिस प्रक्रियाले निकै राम्रो काम गरेकाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको मन्त्री बाँस्कोटाको भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?