धादिङमा डेंगु र ठेउलाका बिरामी बढे
धादिङ : जिल्लामा डेंगु र ठेउला रोगको संक्रमण देखिन थालेको छ। जिल्ला अस्पताल धादिङबेसीमा उपचार गराउन आउनेहरूमा ठेउलाका बिरामी बढी देखिएका छन्।
भदौ महिनामा जिल्ला अस्पतालमा उच्च ज्वरो आएका बिरामीको स्वास्थ परीक्षण गर्दा पाँच जनामा डेंगु र १७ जनामा ठेउला देखिएको जिल्ला अस्पताल धादिङले जानकारी दिएको छ।
अन्य बिरामीमा पनि संक्रमण भएको हुनसक्ने चिकित्सकहरूकाे अनुमान छ। बिरामीको संख्या बढेसँगै अस्पतालमा यो रोगको प्रारम्भिक परीक्षणका लागि आवश्यक पर्ने सामग्री अभाव भएको छ। परीक्षण गर्ने किट थोरै सङ्ख्यामा भएकाले शंकास्पद सबै जनाको परीक्षण गर्न कठिनाइ भएकाे छ।
शंकास्पद बिरामीहरूमा परीक्षण गर्न नपाएका कारण समस्या उत्पन्न भएको चिकित्सकहरूले बताएका छन्। बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रका स्थानीयमा बढी यी रोग फेला पर्न थालेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?