Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा भाइरल ज्वराेका बिरामीकाे चाप

अस्पतालमा भाइरल ज्वराेका बिरामीकाे चाप

विराटनगर : प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ। मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालकी चिकित्सक सङ्ज्ञा ज्ञवालीले बताइन्।

अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। अस्पतालमा  दुई महिको अवधिमा दुई हजार ५०० भन्दा बढी भाइरल ज्वरोका बिरामी आएर उपचार गराएको डा. ज्ञवालीले जानकारी दिइन्।

बिरामी भएर आउनेमा मोरङ, सुनसरीका शहरी र ग्रामीण क्षेत्रमा बसोबास गर्ने छन्। अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ४० जनामा डेंगुको संक्रमण देखिएपछि उपचार भएको अस्पतालले जनाएको छ। अस्पतालमा डेंगु पहिचान गर्ने किट अभाव नरहेको डा. ज्ञवालीले बताइन्।

यी राेगबाट जाेगिन शरीर छोपिने कपडा लगाएर हिँड्ने, घरको वरिपरि पानी जम्न नदिने र घरभित्र भाँडा, बोतलमा पानी जमाएर नराख्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने सुझाव चिकित्सकले दिएका छन्। साथै सुत्केरी महिलाले आफू र बच्चालाई  लामखुट्टेलगायतबाट जाेगाउन झुलको प्रयोग गर्नुपर्ने बताइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार