उपप्रमुखकाे सेवा सुविधा कटाएर अस्पताललाई एम्बुलेन्स
उदयपुर : कटारी नगरपालिकाका उपप्रमुख भीमकुमारी राउतले आफ्नो सेवासुविधाका लागि प्राप्त रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्ने बताएकी छिन्।
नगरपालिकाले उपप्रमुख राउतका लागि नगरपालिकाले नयाँ गाडी किन्न ४० लाख रूपैयाँ विनियोजन गरेको थियो। राउतले भने सो रकम कटारी अस्पतालमा एम्बुलेन्स किन्ने प्रस्ताव गरेकी हुन्।
नगरपालिका बैठकले आफ्नो लागि गाडी किन्न ४० लाख रूपैयाँ व्यवस्था गरेकोमा राउतले १५ लाख रूपैयाँ कटारी अस्पतालमा आवश्यक पर्ने एम्बुलेन्स तत्काल किन्न प्रस्ताव गरेकी हुन्। बाँकी रकम कटारी–११ को बेतिनीमा पर्यटन मन्त्रालयले निर्माण शुरु गरेर छाडेको अधुरो पर्यटन भवन निर्माण गर्न खर्च गर्ने उपप्रमुख उनले बताइन्। याे प्रस्ताव नगरपालिकाबाट पारित भएको पनि उनले जानकारी दिइन्।
कटारी अस्पताल विकास समितिका अध्यक्ष कृष्णराज दनुवारले एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण