धौलागिरि अस्पतालमा शव संरक्षण कक्ष
बागलुङ : धौलागिरि अञ्चल अस्पताल बागलुङमा शव संरक्षण कक्ष स्थापना भएको छ। एकैपटक चारवटा शव राख्न मिल्ने बाकस स्थापना गरिएको हो।
संरक्षण कक्ष नहुँदा शवको गन्धले अस्पताल परिसर नै दुर्गन्धित हुने गरेको थियो। सोही समस्या निराकरण गर्न शव संरक्षण कक्ष स्थापन गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।
अस्पतालले पोस्टमार्टम कक्षसँगै शव भण्डारण कक्ष पनि स्थापना गरेको छ । प्रदेश सरकारले अस्पताल विकासका लागि विनियोजन गरेको एक करोड ७० लाख बजेटमध्ये यो शव राख्ने बाकसका लागि १३ लाख रुपैयाँ खर्च भएको बताइएको छ।
अस्पतालले सञ्चालनमा ल्याएको यो सेवा आरम्भ सोमबार बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले गरे। प्रजिअ क्षत्रीले अस्पतालले पछिल्ला दिनमा गरेको सुधारले सेवाग्राही उत्साहित भएको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?