गल्ती नदाेहाेर्याउने अस्पतालकाे प्रतिबद्धतापछि आफन्तले बुझे सुत्केरीको शव
बाजुरा : उपचारको क्रममा ज्यान गुमाएकी सुत्केरीको शव आफन्तले बुझेका छन्। सुत्केरी बेथा लागेर शुक्रबार बेलुकी बाजुरा जिल्ला अस्पतालमा आएकी २१ वर्षीया वसन्ती नेपालीको उपचारको क्रममा शनिबार मृत्यु भएको थियो।
बडिमालिका नगरपालिका–७ की वसन्तीका आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै दुई दिनसम्म शव बुझ्न मानेका थिएनन्। मृतकका पति राेजगारीका सिलसिलामा विदेशमा छन्।
अत्यधिक रक्तश्रावले पाठेघर र सालको बीचबाट रगत बगेको कारण वसन्तीको मृत्यु भएको अस्पतालले जनाएको थियो। बच्चा जन्मिँदा निस्कने पानी मुटु, फोक्सो र रगतमा मिसिएपछि श्वास फेर्ने नली बन्द भएकाले सुत्केरीको मृत्यु भएको चिकित्सकहरूले बताएका थिए। उनी ढिलो अस्पताल आएकाले यस्तो घटना घटेको उनीहरूको तर्क थियो।
प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, उपचारमा संलग्न स्वास्थ्यकर्मी, मृतकका आफन्तको उपस्थितिमा लिखित सम्झौता भएको हो। यस्ता घटना हुन नदिन जिल्ला अस्पताल संवेदनशील हुने सम्झौतामा उल्लेख छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित