स्वास्थ्य सचिव बरालले गरे पदबहाली
काठमाडौं : स्वास्थ्य सचिव खगराज बरालले पदबहाली गरेका छन्। अघिल्लो साता शिक्षा मन्त्रालयबाट सरुवा भएसँगै सोमबार स्वास्थ्य मन्त्रालय पुगी बरालले बदबहाली गरेका हुन्।
पदबहालीको क्रममा प्रतिक्रिया दिँदै उनले आफू एक्लैले केही गर्न नसक्ने भन्दै काम गर्दै गर्दा जति सकिन्छ त्यसमा सन्तुष्टि लिने बताए।
यसअघिका सचिव रामप्रसाद थपलियालाई सरकारले गत साता अन्यत्रै सरुवा गरेपछि सचिव बराल यहाँ ल्याइएका हुन्।
बराल स्वास्थ्य मन्त्रालयमा एक वर्षका बिचमा जिम्मेवारी सम्हाल्ने प्रशासन समूह तर्फका चौथो सचिव हुन्। गत असोजमा सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तान्ने क्रममा विवाद उत्पन्न भएपछि सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासन सचिवको समेत व्यवस्था गरेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण