प्रदेशहरूले प्रक्रिया नै पूरा नगरी आयुर्वेदसम्बन्धी संरचना बनाएको भन्दै संघकाे आपत्ति
काठमाडौं : नेपाल आयुर्वेद चिकित्सक संघले प्रदेशहरूले प्रक्रिया नै पूरा नगरी आयुर्वेदसम्बन्धी संरचना बनाएको भन्दै आपत्ति जनाएको छ। संघले सोमबार विज्ञप्ति निकालेर सातै प्रदेशको ध्यानाकर्षण गरेकाे हो।
अध्यक्ष डा. प्रकाश ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विभिन्न प्रदेशहरूमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नेपाल आयुर्वेद चिकित्सक संघ, सरोकारवाला आयुर्वेदका संस्था, जनप्रतिनिधि लगायतका व्यक्ति तथा संस्थासँग अन्तरक्रिया, छलफल नगरी, संगठन तथा व्यवस्थापन सर्वेलगायत कुनै पनि प्रक्रिया पूरा नगरी लहडमा संगठन संरचना बनाउने कार्य भइरहेको उल्लेख छ।
विगत देखि सञ्चालनमा रहेका जनस्तरमा प्रख्यात आयुर्वेद सेवा कार्यक्रम हटाउने, नयाँ कार्यक्रम नदिने, इन्टिग्रेसनको नाममा आयुर्वेदका संस्था विलय गराउने लगायतका कार्यले मूल मर्ममै प्रहार गरी आयुर्वेदलाई कमजोर गराउने कार्य भएको संघको ठहर छ।
‘उक्त कार्यको घोर भर्त्सना गर्दै यस संघले सातै प्रदेशमा टोली परिचालन गर्ने निर्णय गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तत्कालै यस्ता गलत निर्णय सच्च्याई यस संघ तथा सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गरेर उचित निकास दिन समेत यस संघ जोडदार माग गर्दछ।’
संघले उठाएको यो कुरा सुनुवाइ नभई जबर्जस्ती विभेदकारी तथा विवादास्पद निर्णय अगाडि बढाए बाध्य भै स्वास्थ्य सेवा छोडी कडा आन्दोलनमा होमिन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित