Health TV Online
Health TV Online
Health TV Online

सशस्त्रकाे एम्बुलेन्समा स्वास्थ्यकर्मीसहित आकस्मिक सेवा

सशस्त्रकाे एम्बुलेन्समा स्वास्थ्यकर्मीसहित आकस्मिक सेवा

चितवन : कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालिम शिक्षालयले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

नेपाल एम्बुलेन्स सर्भिस (एनएसको) को सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

एम्बुलेन्समा एक स्वास्थ्यकर्मी साथमा रहने नेपाल एम्बुलेन्स सर्भिसका महासचिव शारदाभक्त रञ्जितले जानकारी दिए। अत्यधिक दुर्घटना हुने क्षेत्र भएकाले शिक्षालयमार्फत यस्ताे एम्बुलेन्स सञ्चालन गरिएको उनले बताए। एम्बुलेन्सभित्रै अत्यावश्यक प्राथमिक उपचार गरिने भएकाले दुर्घटनाका घाइतेको बाटैमा मृत्यु हुने सम्भावना कम हुने महासचिव रञ्जितकाे भनाइ छ।

अत्याधुनिक उपकरण, अत्याधुनिक उपचार विधि र आकस्मिक स्वास्थ्यकर्मी (इएमटीएस) साथमा उपलब्ध भएकाले  अस्पताल पुग्नुभन्दा पहिला नै एम्बुलेन्सभित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिनेछ। एनएसले देशभर १० वटा यस्ता एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार