Health TV Online
Health TV Online
Health TV Online

जनकपुर अञ्चल अस्पतालमा बिरामीको चाप, उपचारमा कठिनाइ

जनकपुर अञ्चल अस्पतालमा बिरामीको चाप, उपचारमा कठिनाइ

जनकपुरधाम : अञ्चल अस्पतालमा बिरामीको चाप बढ्दा चिकित्सकलाई उपचारमा कठिनाइ भएको छ। ठाउँ अभावमा बिरामीको उपचारमा समस्या भएको भन्दै सहजताका लागि नयाँ भवन निर्माण गरिए पनि बिरामी अटाउने ठाउँ छैन।

अस्पतालका सबै वार्डमा बिरामीको घुँइचो छ। दैनिक दुई हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।

बिरामीको चाप बढेपछि चिकित्सकले सबै बिरामीलाई समय दिएर जाँच गर्न सकेका छैनन्। एउटै बिरामीलाई धेरै समय दिँदा अन्य छुट्ने भएका कारण चिकित्सकले सोधपुछ गर्ने र हतारमा औषधि सिफारिस गर्ने गरेका छन्। बिरामीको चाप र कुरुवाको काेलाहलका कारण सेवा प्रवाहमा कठिनाइ भएको अस्पतालले जनाएको छ।

गर्मी र बर्खाको समय भएकाले अधिकांश मौसमी रुघाखोकीका बिरामी आउने गरेका छन्। चाप धेरै भएपछि अन्यलाई पनि संक्रमण फैलिनसक्ने भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन्।

सरकारबाट १०० शय्याको मान्यता पाएको अस्पतालको विकास समितिबाट आन्तरिक एकसय ५० शय्या थप गरिएको छ। बिरामीको चापलाई मध्यनजर गर्दै ५० शय्या थप गरी जम्मा ३०० शय्या सञ्चालनमा छ। बिरामीको चाप हेर्दा ५०० सय शय्या आवश्यक पर्ने अवस्था रहेकाे अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादवकाे भनाइ छ।

यहाँ ४५ जना स्थायी चिकित्सकको दरबन्दी छ। प्रथम श्रेणी ११ औँ तहमा एउटा पनि कर्मचारी छैनन्। ९ औँ र १० औँ तहका २४ कर्मचारीको दरबन्दी भए पनि ९ जना मात्र कार्यरत छन्। यस्तै त्यसैगरी ८ औँ तहका १२ दरबन्दी भए पनि तीन जना मात्रै कार्यरत छन्।

४५ मध्ये १२ जना मात्रै स्थायी चिकित्सक छन्। अरु दरबन्दी रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ। कम्तीमा २२ जना नर्सिङ स्टाफ आवश्यक भए पनि अहिले पाँचजना मात्र रहेकाे जनाइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार